विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ १ करोड ३६ लाख कमाइ गरेको छ। शुक्रबार रिलिज भएको यस फिल्मले तीन दिनमा नेपालभरिबाट १ करोड ३६ लाख ग्रस कलेक्सन गरेको हो।
निर्माणटिमले सोमबार तीनदिनको व्यापार सार्वजनिक गरेको हो। जुन कमाइ ठिकठाक मात्रै हो। यस फिल्मले समीक्षक र दर्शकबाट बलियो प्रतिक्रिया पाइरहेको छ। फिल्मको कथावस्तु, कलाकारको अभिनय र मेकिङको तारिफ भइरहेको छ। यद्यपि, ‘पूर्णबहादुरको सारंगी’ को दबदबाबीच यस फिल्मले दर्शकको भरपूर साथ पाउन सकेको छैन।
शंकर घिमिरे निर्देशित यस फिल्मले बुहारी स्याहार्न विदेश गएको सासुले अमेरिका पुगेपछि भोग्नुपरेको कानुनी झमेलालाई समेटेको छ। यस फिल्मले डायस्पोराको ममस्पर्शी कथा प्रस्तुत गर्छ।
दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन्। विपिन र वर्षासहित फिल्ममा पूजा चन्द्र, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ।
अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मलाई नेपालसहित अमेरिकाको मेरिल्यान्डमा खिचिएको फिल्मको कथा शंकर घिमिरेले नै लेखेका हुन्।
Shares

प्रतिक्रिया