कला


कार्तिक आर्यनको ‘भूल भुलैया ३’ ले हालसम्म कति कमायो?

कार्तिक आर्यनको ‘भूल भुलैया ३’ ले हालसम्म कति कमायो?

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १५:२८, काठमाडौँ

कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया ३’ ले बक्सअफिसमा राम्रै व्यापार गरिरहेको छ। यस फिल्मले १८ दिनमा घरेलु बक्सअफिसमा २५१।६५ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।

३५ करोडको ओपनिङ गरेको यस फिल्मले तेस्रो साताको आइतबार ६ करोड कमाएको थियो। सोमबार भने १ करोड ५४ लाख भारु मात्रै कमाइ गर्न सक्यो। विश्वभर यस फिल्मले साढे ३ सय करोडको आकंडा पार गरिसकेको छ।

यो फिल्म बलिउडको सुपरहिट हरर कमेडी फ्रेन्चाइज ‘भूल भुलैया’ को तेस्रो पार्ट हो। यस फिल्ममा कार्तिक आर्यन र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। मञ्जुलिकाको भूमिकामा विद्या बालन छिन्।

यसअघि भुल भुलैया फ्रेन्चाइजका दुई फिल्म रिलिज भइसकेका छन्। सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ मा अक्षय कुमार, शाइनी आहुजा, राजपाल यादव, परेश रावल र विद्या बालन जस्ता कलाकार देखिएका थिए।

त्यसपछि सन् २०२२ मा ‘भूल भुलैया २’ रिलिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad