कला


बुद्धिसागरले लेखेको फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा

बुद्धिसागरले लेखेको फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा

नेपालखबर
साउन ११, २०८३ सोमबार १६:२३, काठमाडौँ

चलचित्र ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ।

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्मको सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरिएको हो।

बुद्धिसागरको लेखन रहेको चलचित्र ‘साम्राज्य’ लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। 

यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव छन्। को-प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्।

सौरभले चलचित्रको थिम र टाइटल अनाउन्समेन्ट गरेका हुन्। यो थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन्।

पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गरेको छ।

त्यस्तै पृष्ठभूमिमा केही व्यक्तिहरुले रामलीला नाटक देखाइरहेको धमिलो रूपमा देखिन्छ, जसले यो चलचित्र कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ।

यो चलचित्र एक्सन ड्रामा जनराभित्र रहने बताइएको छ। पछिल्लो समय एक्सन र मेकिङमा निकै प्रशंसा पाएका सौरभले यसपटक झन् ठूलो क्यानभासमा काम गर्न लागेको बुझिएको छ।

कार्यकारी निर्माता शंकर पाण्डेले ‘द राइज अफ साम्राज्य’ नेपाली सिनेमा उद्योगकै ठूलो स्केलको 'एपिक एक्सन ड्रामा' चलचित्र हुने बताए।

निर्माण पक्षले सिनेमाको निर्देशक, लेखक, निर्माता र डीओपी सार्वजनिक गरे पनि कलाकार भने सार्वजनिक गरेका छैनन्। केही दिनमा कलाकारको लाइनअप सार्वजनिक गर्ने बताइएको छ।

भदौ पहिलो साताबाट छायांकन सुरुवात गरिने चलचित्रको अधिकांश सुटिङ पूर्वी नेपालमा हुने र ७० दिनको सुटिङ सेड्युल रहने निर्माण टिमले जानकारी गराएको छ। चलचित्रको प्रदर्शन मितिबारे सौरभले हतार नगर्ने बताएका छन्।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्।

डिजिटल पाटर्नरमा ओएसआर डिजिटल छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ। यो चलचित्रको वितरकमा डीसीएन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad