नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फराओ र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्।
आगामी साउन २३ गते शनिबार काठमाडौँको ठमेलस्थित क्लब नोभामा ‘द रक लेगेसी’ लाइभ कन्सर्ट हुँदै छ। स्मार्ट जीको प्रस्तुतिमा आयोजना हुन लागेको कन्सर्टमा दुवै ब्यान्डले आफ्ना चर्चित तथा सदाबहार गीत प्रस्तुत गर्ने भएका छन्। कार्यक्रममा गेस्ट डीजे निशानको विशेष प्रस्तुति रहने जनाइएको छ।
‘द रक लेगेसी केवल एउटा कन्सर्ट मात्र होइन, नेपाली रक संगीतका दुई प्रतिष्ठित ब्यान्डलाई एउटै मञ्चमा अनुभव गर्ने विशेष अवसर हो,’ स्मार्ट जीकी रेश्मा श्रेष्ठले भनिन्, ‘यसपटक हामीले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्ने प्रयास गरेका छौँ।’
उनका अनुसार, ई-सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम क्यान्सरसँग संघर्ष गरिरहेकी रेखा गुप्ताको उपचारका लागि सहयोग गरिनेछ।
कन्सर्टको व्यवस्थापन आवरण इभेन्ट्सले गरेको छ भने ई-सेवा टिकटिङ पार्टनर रहेको छ। टिकटको मूल्य सामान्य प्रवेशका लागि एक हजार र भीआईपी प्रवेशका लागि एक हजार पाँच सय रुपैयाँ रहेको छ।
Shares

प्रतिक्रिया