कला


हल-हलमा नीता र हरिहर, कस्तो चलिरहेको छ ‘ह्रस्व दीर्घ’?

हल-हलमा नीता र हरिहर, कस्तो चलिरहेको छ ‘ह्रस्व दीर्घ’?

नेपालखबर
मंसिर १, २०८१ शनिबार २१:१८, काठमाडौँ

अभिनेत्री नीता ढुंगानको फिल्म ‘ह्रस्व दीर्घ’ शुक्रबारबाट देशभरका हलमा प्रदर्शनरत छ। शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको फिल्मले दर्शकबाट विभिन्न प्रतिक्रिया पाइरहेको छ।

सिनेमाको वितरक मनोज राठीले शुक्रबारका बिहानी सोबाट नै उत्साहजनक व्यापारको सुरुवात गरेको र रफ्तार शनिबार दिनभर पनि उस्तै रहेको बताए।

पर्याप्त सो नहुँदा धेरै दर्शकहरू टिकट नपाएर फर्केको उनको दाबी छ।यता निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले समेत सिनेमाले आक्रामक व्यापार गर्दा पनि शनिबार सो नथपिएको गुनासो गरिरहेकी छन्।

शनिबार पनि काठमाडौँ उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका हलमा दर्शकप्रतिक्रिया बुझ्न सिनेमाको निर्माण टिम पुगेको थियो। सिनेमाको टिम हल पुग्दा दर्शकले ताली र सिटीले स्वागत गर्दै ह्रस्व दीर्घको दोस्रो भागको डिमाण्ड गरिरहेका गरिरहेका थिए।

लेखक तथा अभिनेता हरिहर अधिकारीले सिनेमा काठमाडौँ उपत्यकामा मात्रै नभई, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धरान, दमक बिर्तामोड र धनगढी लगमायतमा सहरमा सिनेमाले आक्रामक व्यापार गरेको बताए।

सिनेमाले उत्कृष्ट व्यापार गरेसँगै बलिउड अभिनेता तथा गजनी भिलेन प्रदीप रावत समेत आइतबार ह्रस्व दीर्घ हेर्न र दर्शक साक्षात्कार गर्न नेपाल आउने भएका हुन्।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जयले लगानी गरेका हुन्।

सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad