कर्णाली


कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाललाई नियुक्त गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाललाई नियुक्त गर्ने प्रदेश सरकारको निर्णय

नेपालखबर
मंसिर १, २०८१ शनिबार २१:४३, काठमाडौँ

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतको निर्देशकमा डाक्टर केशर ढकाललाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ। शनिबार साँझ भएको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ढकाललाई अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि निर्देशकका रूपमा रहेका प्रा.डा डम्बरबहादुर खड्काको अवकास भएसँगै निर्देशक पद रिक्त रहेको थियो।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बैठकले विभिन्न चार वटा कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए। 

प्रवक्ता शाहका अनुसार सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१, विपद् सहासीक पुरस्कार वितरण कार्यविधि २०८१, घाइते, अपांगता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१, (सशस्त्र आन्दोलन, जनआन्दोलन, प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा भएका घाइते) र कर्णाली प्रदेश विज्ञापन वितरण सम्बन्धी कार्यविधि २०८१ स्वीकृत स्वीकृत गरेको छ।  

यस्तै, बैठकले प्रदेश सचिवलाई कामकाजमा खटाउने सम्बन्धी निर्णय समेत गरेको छ। जसमा प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा र ईश्वरचन्द्र मरठालाई भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रालयमा खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad