नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ। असोज दोस्रो साता आएको भारी बर्षा र बाढीपहिरो पीडितका लागि सोमबार संघले १ लाख ४१ हजार रुपैयाँ बराबरको कम्बल वितरण गरेको छ।
ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई वडा अध्यक्ष राज घिमिरेको उपस्थितिमा ८५ थान कम्बल वितरण गरिएको हो।
संघका महासचिव तथा अ नन्तर्राष्ट्रिय समन्वयन समिति संयोजक सविन श्रेष्ठको समन्वयनमा नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्की सहितको टिमले कम्बल खरिद गर्न १ लाख ४१ हजार रुपैयाँ रकम पठाएको थियो।
गणेश उप्रेती, राहुल केसी, सुवाश थापा, विश्व पौडेल, इन्द्र खनाल, रवि श्रेष्ठ, मोहन कार्की, कृष्ण प्रधान, अरुण कार्की, सुन्दर श्रेष्ठ, सुमन कुमार दाहाल, पुष्कर पन्त, कृष्ण मुरारी ढुंगेल, गोपाल चन्द्र लामिछाने, प्रवेश उप्रेती, दिनेश कार्की लगायतले आर्थिक सहयोग गरेका संघले जनाएको छ।
संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, सह–कोषध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल छन्दे लगायत राहत वितरणमा खटिएका थिए।
संघ कलाकारहरुको हकअधिकारका लागि मात्र हैन समाजसँग नजिक रहेर सामाजिक काममा हालेमालो गरिरहेको अध्यक्ष निरौलाले सुनाए।
Shares

प्रतिक्रिया