राजनीति


५१ जना पक्राउपछि रास्वपाले भन्यो- कानुनले दिएको अधिकार प्रयोग गर्दा सरकारले दमन गर्‍यो

५१ जना पक्राउपछि रास्वपाले भन्यो- कानुनले दिएको अधिकार प्रयोग गर्दा सरकारले दमन गर्‍यो

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १६:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले आफूहरुविरुद्ध दमन गरेको बताएका छन्। 

कानुनबमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकको हकहित संरक्षण गर्नु, हस्तक्षेप नगर्नु र बल प्रयोग नगर्नु, राज्य र राज्यका अंगहरुको कर्तव्य हुने भन्दै मंगलबार रास्वपा नेता र कार्यकर्तालाई पक्राउ गरेको आरोप लगाएका हुन्। 

बालुवाटारमा प्रदर्शनमा गएका रास्वपा नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। 

उनका अनुसार रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक तथा केन्द्रीय सदस्य पुकार बम, सांसद अशोक चौधरी र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौंका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जना गिरफ्तार भएका छन्। 

झाले प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरी पक्राउ गर्नुलाई अवैध कार्य बताउँदै तत्काल रिहा गर्न माग गरे। 

‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुल आधार हो। नेपालको संविधान, २०७२ को धारा १७ ले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने र विचार अभिव्यक्ति गर्ने स्वन्त्रतालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ’, उनले भने, ‘मानवअधिकारको विश्वव्यापी घोषणापत्रको प्रस्तावना, अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको धारा १९ लगायतका अन्तर्राष्ट्रिय कानुनले पनि यस अधिकारलाई सुरक्षित गरेको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad