कला


अहिलेसम्मकै महँगो मूल्यमा नेपाल ल्याइयो अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’

अहिलेसम्मकै महँगो मूल्यमा नेपाल ल्याइयो अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १४:२१, काठमाडौँ

दक्षिण भारतीय सुपरहिट फिल्म ‘पुष्पा’ मंसिर २१ गतेबाट विश्वभर रिलिज हुँदै छ। यसैबीच, ‘पुष्पा २ : द रुल’ अहिलसम्ममै महँगो मूल्यमा नेपाल भित्रिने निश्चित भएको छ। 

नेपालका तीन ठूला वितरक कम्पनीले संयुक्तरुपमा फिल्मको वितरण अधिकार ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु) खरिद गरेका हुन्।

कम्पनीहरुमा ए–एट्, डीसीएन र आरआर फिल्म्स रहेका रहेका छन्। 

नेपालमा रिलिज हुने निश्चित भएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि आफ्नो वेबसाइटमा कमिङ सुनतर्फ पुष्पाको पोस्टर राखेको छ।

डिसीएनका बजार तथा वितरण प्रमुख दीपक दंगालले ४ करोडमा भारतीय रुपैयाँ किनेको जानकारी दिए। 

‘हामीले ४ करोड भारु तिरेर पुष्पा २ को राइट किनेका छौँ। नेपाली फिल्म वितरण गर्ने त भइहाल्यो। अन्य भारतीय फिल्महरू पनि सेड्युल छ। तत्कालै सिगंम रिटन र भूलभुलैया ३ आउँदैछन्,’ उनले भने। 

यो फिल्म निकै चर्चामा छ।

जसकारण रिलिजअगावै फिल्मले विभिन्न राइट बिक्रीबाफत एक हजार करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ। हालै नेटफ्लिक्सले पनि फिल्मको ओटीटी राइट २७५ करोड भारुमा खरिद गरेको छ। 

सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लुअर्जुन र रश्मिका मन्डानाको मुख्य भूमिका छ। फिल्ममा फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। 

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा : द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।

यसअघि प्रभासको ‘सलार’ लाई महँगो मूल्यमा नेपालमा ल्याइएको थियो। एप्पल इन्टरटेनमेन्टले यस फिल्मलाई २ करोड ७५ लाख भारुमा खरिद गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad