संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरूको काममा एकरूपता जरुरी रहेको औँल्याएका छन्।
मंगलबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
मन्त्री पाण्डेले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्न पुग्यो। जसका कारण वार्षिक प्रतिवेदन ढिलो प्राप्त भएको हुनुपर्छ।कतिपय प्रतिष्ठानहरू नाम मात्रैका छन्। कहीँ कानुनको अभाव त कहीँ भवनहरूको समेत अभाव देखिन्छ। प्रतिष्ठानहरूलाई एकरूपता हुने गरी व्यवस्थित गर्न जरुरी छ।’
मन्त्री पाण्डेले कतिपय स्थानीय तह, प्रदेश र संघका प्रतिष्ठानहरूबीच तालमेल नभएको उनको भनाइ थियो। उनले प्रतिष्ठानको कार्यमा एकरूपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरूले चिन्ता र चासो लिनुपर्नेमा जोड पनि दिए।

ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले गत आर्थिक वर्ष २०८०/८१ मा सातवटै प्रदेशमा ललितकला प्रदर्शनीहरू गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारले विधागतरूपमा सक्रियरूपमा भाग लिएको,गण्डकी, सुदूरपश्चिम र मधेस प्रदेशमा प्राज्ञिक भेला गरिएको, दाङमा सेरामिक्स हब विकासको गर्ने प्रक्रिया अघि बढाएको र राष्ट्र्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको उनले जानकारी दिए।
साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत उनले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए।
Shares

प्रतिक्रिया