ग्लोबल


ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन २० देशका नेता कजानमा

रुसलाई एक्ल्याउने प्रयास ‘असफल’
ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन २० देशका नेता कजानमा

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १८:३०,

पश्चिमा मुलुकहरूले रुसमाथि कठोर नाकाबन्दी लगाएका छन्। युक्रेनमा आक्रमण गरेकाले विश्व बजारबाट रुसलाई एक्ल्याउन प्रयास अमेरिका नेतृत्वको पश्चिमा गठबन्धनले गरेको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पुर्जी समेत जारी गरेको छ।

तर, रुसलाई एक्ल्याउने यो रणनीति असफल भएको विश्लेषकहरूको भनाइ छ। त्यसैको पछिल्लो उदाहरण हो, मंगलबारबाट सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा।

कजानमा हुने सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत दर्जनौँ नेताहरू रुस पुगिसकेका छन्।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित सुरुवाती समूह अहिले विस्तार भएर इजिप्ट, इथियोपिया, इरान र यूएई पनि यसको सदस्य बनेका छन्। साउदी अरबलाई सदस्य बन्न निम्त्याइएको छ।

यो समूहलाई पश्चिमा नेतृत्वको व्यवस्थाको प्रतिभार मान्न थालिएको छ।

हुन पनि ब्रिक्सले विश्वको जनसंख्या र अर्थतन्त्रको निकै ठूलो हिस्सा ओगट्छ। जनसंख्याको ४५ प्रतिशत र अर्थतन्त्रको २८ प्रतिशत। ब्रिक्स मुलुकको समग्र अर्थतन्त्रको योग २८ ट्रिलियन डलर हुन आउँछ।

अन्य ३० मुलुक यो समूहको सदस्य बन्न इच्छुक रहेको बताइन्छ। त्यसमध्ये कयौँ मुलुकलाई कजानमा निम्त्याइएको छ।

यो अवसरलाई पुटिनले विश्वमञ्चमा आफू एक्लो नभएको सन्देश दिन उपयोग गर्ने नै छन्। त्यसका अलावा ब्रिक्स सदस्यलाई डलर भुक्तानी प्रणालीको विकल्प अपनाउन पनि आग्रह गर्नेछन्।

यसका अलावा सदस्य मुलुकहरूले द्विपक्षीय भेटवार्ता पनि गर्नेछन्। सीमामा तनाव झेलिरहेका चीन र भारतबीच पछिल्लो समय वार्तामा प्रगति भएको छ। त्यसैले सी र पुटिनबीच पनि वार्ता हुनसक्ने बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad