आइतबार भारतीय बलिउड सेलिब्रेटी जोडीहरूका लागि करवा चौथ पर्व निकै विशेष रह्यो। प्रियंका चोपडादेखि कट्रिना कैफ, परिणिती चोपडा र सोनाक्षी सिन्हा लगायतका अभिनेत्रीले करवा चौथ मनाए। करवा चौथ मनाएको तस्विरहरू भारतीय सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
प्रियंकाले अमेरिकामा फिल्मी शैलीमा करवा चौथ मनाइन्। उनले श्रीमान निक जोनससँगको करवा चौथ मनाएको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्।
सार्वजनिक तस्बिरमा एकातिर निक प्रियंकालाई पानी दिइरहेका छन्। दोस्रो तस्विरमा प्रियंकाले हातमा मेहेन्दी लगाएकी छिन्। निकले आफ्नी श्रीमतीलाई कसरी समर्थन गर्छन् र भारतीय परम्पराहरू पालना गर्छन् भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रशंसा गरिरहेका छन्।
अभिनेत्री कट्रिना कैफले पनि श्रीमान विक्की कौशलसँग करवा चौथ मनाएकी छन्। कट्रिनाले सामाजिक सञ्जालमा धेरै तस्विर सेयर गरेकी छिन्। उनी सासुको आशीर्वाद लिएको पनि देखिएकी थिइन्। यसबाहेक अभिनेत्रीले एक पारिवारिक तस्विर पनि सेयर गरेकी छिन् जसमा उनका पति विक्की कौशलसहित ससुरा, सासू, जेठाजु र बहिनी पनि देखिएका छिन्।
यस वर्षको फेब्रुअरी २१ मा चलचित्र निर्माता ज्याकी भगनानीसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री रकुल प्रीतले पहिलो पटक कर्वा चौथ व्रत राखिन्। रकुलले केही तस्विर सेयर गरेकी छिन् जसमा उनी चाडपर्वको रीतिरिवाज निर्वाह गरिरहेको देख्न सकिन्छ।
परिणीतिले बिहेपछि दोस्रो कर्वा चौथ मनाएकी हुन्। पर्व मनाउन उनी दिल्लीस्थित ससुराल पुगेकी थिइन्। उनले श्रीमान् राघव चड्ढासँगका केही तस्विरहरु सामाजिक सञ्जालमा राखेकी छिन्।
यी तस्विरहरूमा राघव परिणितीको सिउँदोमा सिंदूर लगाएको र पानी समेत खुवाएको देखिन्छन्।
गत जुन २३ मा अभिनेत्री सोनाक्षी सिन्हाले जहीर इकबालसँग बिहे गरेकी थिइन्। उनले आफ्नो पहिलो कर्वा चौथ मनाएकी छिन्। र, जहिरले पनि सोनाक्षीका लागि पनि व्रत बसे।
सोनाक्षीले जहीरसँगको एउटा फनी भिडिओ सेयर गरेकी छिन्। लेखेकी छिन्– ‘आफ्नो लागि यस्तो पति खोज्नुहोस् जसले तपाइँलाई एक्लै भोकै बस्न नदियोस्।’
अभिनेत्री कृति खरबन्दाले पनि पहिलो पटक कर्वा चौथ पर्व मनाइन्।
Shares

प्रतिक्रिया