कला


भारतकी सबैभन्दा धनी अभिनेत्री बनिन् जुही चावला, अरु कुन स्थानमा?

भारतकी सबैभन्दा धनी अभिनेत्री बनिन् जुही चावला, अरु कुन स्थानमा?

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १५:५२, काठमाडौँ

९० को दशककी चर्चित अभिनेत्री जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री बनेकी छिन्। समकालीन र अहिलेका चर्चित अभिनेत्रीहरूलाई उछिन्दै उनले धनाढ्य अभिनेत्रीको शीर्षस्थान ओगटेकी हुन्।

‘हुरुन रिच लिस्ट २०२४’ को सूचीमा चावला पहिलो स्थानमा छिन्। उनको कूल सम्पत्ति ५८० मिलियन डलर अर्थात ४ हजार ६ सय करोड भारतीय रुपैयाँ रहेको छ।

सन् २०२४ को हुरुन रिच लिस्ट अनुसार, उनको सम्पत्ति उनको साथी र व्यापार साझेदार शाहरुख खानपछि दोस्रो स्थानमा छ।

यदि जुहीपछिका पाँच धनी भारतीय अभिनेत्रीको कुल सम्पत्ति एकसाथ जोड्ने हो भने यो जुहीको सम्पत्तिभन्दा पनि कम हुनेछ। दोस्रो स्थानमा भने ८५० करोड भारुसहित ऐश्वर्या राय बच्चन छिन्।

त्यस्तै, तेस्रो स्थानमा रहेकी प्रियंका चोपडासँग ६५० करोड सम्पत्ति छ। चौथो र पाँचौंमा अहिलेका चर्चित अभिनेत्रीहरू आलिया भट्ट र दीपिका पादुकोण छन्।

फिल्मसहित विज्ञापन र व्यवसाय यी अभिनेत्रीहरूका मुख्य आम्दानीका स्रोत हुन्। जुही भने पछिल्लो समय व्यवसायमा आबद्ध छिन्। उनको सम्पत्तिको ठूलो हिस्सा व्यापारबाट आउने गर्छ। उनको मुख्य आम्दानी रेड चिलिज समूहको प्रमुख लगानीकर्तामध्ये एक हो।

कम्पनीको संस्थापकमध्ये एकको रूपमा, जुही एक सहनिर्माता र धेरै क्रिकेट टोली (आईपीएलको कोलकाता नाइट राइडर्ससहित) को सहमालिक हुन्।

करोडपति व्यापारी पति जय मेहता लगायतसँग संयुक्त रुपमा व्यवसायमा पनि लगानी गरेकी छन्। जुहीसँग धेरै घर जग्गाको स्वामित्व पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad