कला


श्रद्धा कपुर भन्छिन् : पहिलो फिल्म खेल्दा म टुटेकी थिएँ

श्रद्धा कपुर भन्छिन् : पहिलो फिल्म खेल्दा म टुटेकी थिएँ

नेपालखबर
असोज २९, २०८१ मंगलबार १७:३९, काठमाडौँ

बलिउड अभिनेत्री श्रद्धा कपुर फिल्म ‘स्त्री २’ को सफलताको स्वाद चाखिरहेकी छिन्। फिल्मले बक्स अफिसमा धेरै रेकर्ड तोडिसकेको छ।

हालै एक अन्तर्वार्तामा श्रद्धाले आफ्नो लागि सफलताको उचाइमा पुग्न सजिलो नभएको बताएकी छिन्। डेब्यु फिल्मपछि आफू फिल्मक्षेत्रमा फर्कन नचाहेको उनले बताइन्।

एक अन्तर्वार्तामा, श्रद्धा कपुरले आफ्नो डेब्यु फिल्म तीन पट्टीको क्रममा भोग्नुपरेको कठिनाइहरूको बारेमा बताइन्।

श्रद्धाले भनिन्, ‘फिल्मको सुटिङ सुरु भएको दुई–तीन दिन मात्र भएको हुनुपर्छ। म टुटेको थिएँ। मैले आमालाई भनें कि म फर्किन चाहन्न।’

मानिसको व्यवहार सधैं राम्रो नहुने उनले सुनाइन्।

‘मैले कहिल्यै फिल्म सेटमा सहायक निर्देशकको रूपमा काम गरिनँ। म २० वा २१ वर्षको मात्र थिएँ। मानिसहरूको व्यवहार सधैं राम्रो थिएन। यदि तपाईं विशेष व्यक्ति हुनुहुन्छ भने, तपाईंसँग फरक तरिकाले कुरा गरिनेछ, र यदि तपाईं कोही हुनुहुन्न भने, तपाईं‌सँग समान व्यवहार गरिनेछ। मलाई यो सब देखेर साह्रै नराम्रो लाग्यो।’

उनले अघि थप्दै भनिन्, ‘पहिलो फिल्म सकिएपछि मेरो आत्मविश्वास बढेको थियो। हो, सुरुमा धेरै कठिनाइहरूको सामना गर्नुपर्‍यो। तर जब मैले अर्को प्रोजेक्टमा काम गर्न थालें, म आफैंमा पहिले भन्दा बढी आत्मविश्वास महसुस गरें।’

श्रद्धाले सन् २०१० मा फिल्म ‘तीन पत्ती’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा उनले कलेजकी छात्रा अपर्णा खन्नाको भूमिका निर्वाह गरेकी थिइन्। यसमा अमिताभ बच्चन, बेन किंग्सले, आर माधवन र राइमा सेन मुख्य भूमिकामा थिए। तर, यो फिल्म खासै सफल हुन सकेन ।

उनी आशिकी(२, एक भिलेन, छिछोरे, स्त्री, तू झुट मैं मक्कर जस्ता सुपरहिट फिल्महरूमा देखिसकेकी छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad