कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया ३’ नोभेम्बर १ बाट प्रदर्शन हुँदैछ। यतिखेर कार्तिक फिल्मको प्रमोशनमा व्यस्त छन्।
फिल्मलाई लिएर उनी पूर्ण माहोल बनाइरहेका छन्।
उनले फिल्मको दुईवटा क्लाइमेक्स सुटिङ भएको बताए। जुन क्लाइमेक्स देखेर दर्शकहरू छक्क पर्नेछन्।
कार्तिकले भने, ‘मलाई लाग्छ कि वास्तविक क्लाइमेक्सको बारेमा एक वा दुइ जनालाई थाहा छ। तर, दुइवटा क्लाइमेक्स सुटिङ भइरहेका छन्। जब हामीकहाँ स्क्रिप्ट आयो करिब ५ जनालाई मात्र १५ पेज दिइएको थियो।’
यसैबीच, अन्तर्वार्ताका कार्तिक क्रममा चिप्लिएका छन्। उनको मुखबाट क्लाइमेक्सको कुरा बाहिरिएको छ। जुन कियारा आडवाणीसँग सम्बन्धित छ।
‘जब हामी सुटिङ गरिरहेका थियौँ, वास्तवमा जब हामी कियारासँग सुटिङ गरिरहेका थियौँ। यसपछि कार्तिकले रोकेर भने, ‘माफ गर्नुहोस्। मेरो मतलब जब हामी विद्याजीसँग सुटिङ गरिरहेका थियौं।’
साथै उनले ‘भूल भुलैया ३’ दर्शकहरूका लागि सप्राइजिङ रहेको समेत खुलासा गरे।
‘म तपाईंलाई यति भन्न चाहन्छु कि हामीले दुईवटा क्लाइमेक्स सुट गरेका छौं। यति धेरै कुरा लुकाउनु पर्ने यो पहिलो पटक हो। यो फरक फिल्म हो। भुल भुलैया ३ ले तपाईंहरुका लागि धेरै सरप्राइज हुनुहुन्छ।’
यो फिल्म बलिउडको सुपरहिट हरर कमेडी फ्रेन्चाइज ‘भूल भुलैया’ को तेस्रो पार्ट हो। यस फिल्ममा कार्तिक आर्यन र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। मञ्जुलिकाको भूमिकामा विद्या बालन पनि देखिनेछिन्।
यसअघि भुल भुलैया फ्रेन्चाइजका दुई फिल्म रिलिज भइसकेका छन्।
सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ मा अक्षय कुमार, शाइनी आहुजा, राजपाल यादव, परेश रावल र विद्या बालन जस्ता कलाकार देखिएका थिए। त्यसपछि सन् २०२२ मा ‘भूल भुलैया २’ रिलिज भएको थियो।
Shares

प्रतिक्रिया