ad ad

कला


कस्तो रह्यो ‘बेहुली फ्रम मेघौली’को प्रिमियर शो?

कस्तो रह्यो ‘बेहुली फ्रम मेघौली’को प्रिमियर शो?

नेपालखबर
असोज १७, २०८१ बिहिबार १२:३९, काठमाडौँ

आजबाट रिलिज भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ काे प्रिमियर शोमा रूचाइएको छ। बुधबार साँझ भक्तपुरस्थित क्यूएफएक्स हलमा गरिएको प्रिमियर शोमा राजनीतिज्ञसहित चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो। 

प्रिमियर शोमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य आकर्षणको केन्द्र बनिन्। सेलिब्रेटीको बाक्लो उपस्थितिबीच स्वस्तिमा ट्रयाक्टर हाँकेर प्रिमियर शोमा प्रवेश गरिन्। उनले हाँकेको ट्रयाक्टरमा फिल्मकै अन्य कलाकार पनि चढेका थिए। 

उपसभामुख इन्दिरा राना मगर र सांसद सोबिता गौतम फिल्म हेर्न पुगेकी थिइन्। त्यसैगरि, प्रिमियर शोमा हरिवंश आचार्य, निरुता सिंह, सालिनमान बानियाँ,आना शर्मा, गायक सुशान्त केसी र निर्देशक दीपेन्द्र के खनाल, लगायतका सेलिब्रेटीहरुको उपस्थिति थियो। 

जहाँ सबैले फिल्मले उठाएको कथावस्तु र कलाकारहरुको अभिनयको पनि निकै प्रसंसा गरे।  

यस फिल्ममा स्वस्तिमा र निश्चलसहित बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय छ।

नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ।

यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .