ad ad

कला


ज्याकको सुटिङका लागि नेपालमा चर्चित भारतीय अभिनेता प्रकाश राज

ज्याकको सुटिङका लागि नेपालमा चर्चित भारतीय अभिनेता प्रकाश राज

भारतीय अभिनेता प्रकाश राजसँग नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामा


नेपालखबर
असोज ६, २०८१ आइतबार १३:५०, काठमाडौँ

चर्चित भारतीय अभिनेता प्रकाश राज नेपाल आएका छन्। उनी दक्षिण भारतीय फिल्म ‘ज्याक’ को छायांकनका लागि नेपाल आएका हुन्।

शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। जहाँ उनको स्वागतमा नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामा पुगेका थिए।

१० दिनका लागि सुटिङका क्रममा प्रकाश नेपाल आएको फिल्मको निर्माण व्यवस्थापन समेत रहेका लामाले जानकारी दिए। 

ज्याकको छायांकन विगत पाँच दिनदेखि काठमाडौँमा भइरहेको छ। 

आजबाट प्रकाश राज काभ्रेमा भइरहेको सुटिङका जोडिएका छन्। १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्ने सेड्युल छ।

नेपालअघि यस फिल्मको सुटिङ भारतको हैदराबादमा गरिएको थियो। 

प्रकाशराज र रवी प्रकाशसहित फिल्मका लागि १५ जनाभन्दा बढी कलाकार अहिले नेपालमा छन्।

केही नेपाली कलाकारले यस फिल्ममा अभिनय गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .