ad ad

ग्लोबल


राजीनामापछि जन्तर-मन्तरमा केजरीवालको सम्बोधनः अन्ना आन्दोलन यहीँबाट सुरु भएको थियो

राजीनामापछि जन्तर-मन्तरमा केजरीवालको सम्बोधनः अन्ना आन्दोलन यहीँबाट सुरु भएको थियो

नेपालखबर
असोज ६, २०८१ आइतबार १३:५२, काठमाडौँ

दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि अरविन्द केजरीवालले दिल्लीको जन्तर-मन्तरमा जनतालाई सम्बोधन गरेका छन्।

आम आदमी पार्टीले यसलाई ‘जनताको अदालत’ नाम दिएको छ।

केजरीवालले ‘जनताको अदालत’मा भनेका छन्, ‘केजरीवालले किन राजीनामा दिनुभयो भनेर तपाई सोचिरहनुभएको होला। मैले राजीनामा किन दिएँ भने म भ्रष्टाचार गर्न आएको थिइनँ। म पैसा कमाउन आएको थिइनँ।’

‘म पैसा कमाउन चाहन्थेँ आयकर आयुक्तको काम गर्थेँ। त्यो जागिरमा म चाहेजति पैसा कमाउन सक्थेँ। मलाई सत्ताको भोक छैन। मलाई मुख्यमन्त्रीको कुर्सीको भोक छैन। देशका लागि आएको थिएँ। भारत माताका लागि आएको थिएँ।’

जन्तर मन्तरमा पुराना दिनहरू सम्झँदै केजरीवालले भने, ‘४ अप्रिल, २०११ को अन्ना आन्दोलन यहीँबाट सुरु भएको थियो।’

अरविन्द केजरीवालले अगाडि भनेका छन्, ‘त्यतिबेलाको सरकार पनि निकै अहंकारी थियो र भन्थे चुनाव लडेर देखाऊ…हामीले चुनाव लडेर देखायौँ। इमान्दारिताका साथ चुनाव लड्न सकिन्छ र जित्न पनि सकिन्छ भन्ने कुरा हामीले देशभित्र देखाइसकेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .