अभिनेता राजेश हमाल यतिखेर फिल्म ‘नरसिंहा: अवतार’ को तयारीमा जुटेका छन्। सात वर्षपछि कमब्याक गर्न लागेको फिल्मको लागि हमाल यतिबेला कडा मेहनत गरिरहेका छन्।
यस फिल्ममा उनी अविनाश पात्रको रुपमा देखिँदैछन्। फिल्मभित्र जुन पात्र समाजको लागि ‘रोलमोडल’ हुन्छन्। राजेश केही समयदेखि यसै पात्रको गेटअप र लुक्सको लागि तयारी गरिरहेका छन्।
यसैबीच, राजेशको नयाँ लुक्स बाहिरिएको छ। बिहिबार एक कार्यक्रममा देखिएका राजेश फिल्म नरसिंहाको अविनाशको लुक्समा देखिए।
लामो कपाल, कालो चस्मा र दारीमा देखिएका राजेश आकर्षक देखिएका थिए। उनले नयाँ लुक्सको तस्विरहरु सामाजिक सञ्जालमा समेत सेयर गरेका छन्। राजेशले पनि यस फिल्मलाई निकै महत्त्वका साथ लिइरहेका छन्।
निर्देशक भट्टराईले पनि यो नयाँ लुक्स फिल्म ‘नरसिंहा अवतार’ को लागि बनाइरहेको जानकारी दिए। एक सातापछि फिल्मको छायांकन सुरु हुनेछ।
Shares
प्रतिक्रिया