ad ad

कला


‘एक्टरः टेक वान’ को पोस्टरमा खुलेकी आना शर्मा

‘एक्टरः टेक वान’ को पोस्टरमा खुलेकी आना शर्मा

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १४:३२, काठमाडौँ

कात्तिक १५ गते (लक्ष्मीपूजा) बाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्टरः टेक वान’ले अभिनेत्री आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री आना मात्र चित्रित छिन्।

पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन्। आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन्। कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ।

यसबारे निर्माण पक्षले भने केही खुलाएको छैन। उनको चरित्रको नाम प्रकृति रहेको बाहेक निर्माण पक्षले केही जानकारी दिएको छैन।

यसअघि यो सिनेमाका मुख्य अभिनेता प्रदीप खड्कासहितको पोस्टमर सार्वजनिक भएका थिए। राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप र आनासहित राजवल्लभ कोइराला, आनासँगै नव नायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ।

अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन्। क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्।

सिनेमाको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्। सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन्। शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा सह(निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन्। सिनेमामा काव्य थापाको मेकअप, वसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ।

यस फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .