ad ad

कला


दयाहाङ र आँचलको फिल्म ‘दु:खी आत्मा’को धमाधम छायांकन

दयाहाङ र आँचलको फिल्म ‘दु:खी आत्मा’को धमाधम छायांकन

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १३:२३, काठमाडौँ

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दु:खी आत्मा’को छायांकन सुरु भएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म गत सोमबार अर्थात् २४ गतेदेखि राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको हो।

सुटिङ सुरुसँगै ‘दु:खी आत्मा’को सेटबाट दयाहाङ र आँचलको केही तस्बिर बाहिरिएको छ। जुन फोटोमा मुस्काइरहेका दयाहाङ र आँचल निकै खुलेका छन्।

फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर आरती आचार्य, निमा पाण्डे, इंगिहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्नेछन्।

फिल्म काठमाडौँ उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन्। फिल्मका निर्माता हिमाल कडरिया हुन्। निर्माता कडरियाले आफूहरूले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो। क्लक वर्क क्रिएसन्सको ब्यानरमा रहेको ‘दु:खी आत्मा’ सोसियल कमेडी फिल्म हो। आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन म्यानेजर सुदीप ढकाल छन्।

आरआर फिल्मस्‌ले वितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .