अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले वरिष्ठ तथा चर्चित नेपाली कलाकारलाई सम्मान गर्ने भएको छ।
च्याप्टरले सेप्टेम्बर १८ तारिखको साँझ ५ बजे बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्डको सामुदायिक भवनमा कार्यक्रम गरेर कलाकारलाई सम्मान गर्न लागेको हो।
नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई यो सम्मान दिन लागिएको हो।
अभिनेता नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा सल्लाहकार रविन्द्र खड्का, कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, बसुन्धरा भुसाल, देउडा गायक नन्दकृष्ण जोशी, नायिकका केकी अधिकारी, निर्माता मोहनकृष्ण श्रेष्ठ, हास्य कलाकार सन्दीप क्षेत्रि, निर्देशक डा.घनश्याम खतिवडा र नायक संजय खतिवडालाई अनेसास बोस्टन च्याप्टरले सम्मान गर्न लागेको कार्यक्रमकी संयोजक अनु शाहले जानकारी दिइन्।
बर्षौदेखि टाढा भएका कलाकार र समुदायबीच एक अर्कामा पुनर्मिलन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले बताए।
कार्यक्रम सम्पूर्ण नेपाली समुदायको लागि निःशुल्क गरिएको छ।
Shares
प्रतिक्रिया