ad ad

कारोबार


एनआईसी एसिया बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट

नेपालखबर
भदौ १२, २०८१ बुधबार १७:११, काठमाडौँ

एनआईसी एसिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एसिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ। भिसा कोब्रान्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका ग्राहकले पाउनेछन्। 

यसको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्सबीच समझदारी भएको हो।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्स भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नेछन्।

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ। साथै, उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नेछन्। 

यो कार्ड लिनका लागि ग्राहकले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .