ad ad

कला


यौन उत्पीडनको प्रतिवेदन सार्वजनिकपछि अभिनेता मोहनलालले दिए राजीनामा

मलयालम चलचित्र कलाकार संघ नै विघटन
यौन उत्पीडनको प्रतिवेदन सार्वजनिकपछि अभिनेता मोहनलालले दिए राजीनामा

फाइल फाेटाे : अभिनेता मोहनलाल


नेपालखबर
भदौ ११, २०८१ मंगलबार २०:४२, काठमाडौँ

मलयालम फिल्म उद्योगमा हुने यौन उत्पीडनका विषयमा जस्टिस हेमा कमिटीको रिपोर्ट सार्वजनिक भएपछि चर्चित अभिनेता मोहनलालले मलयालम चलचित्र कलाकार संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

त्यसपछि संस्थाका सबै पदाधिकारीले राजीनामा दिए। जसका कारण संघ स्वत: विघटन भएको छ।

संघले जारी गरेको विज्ञप्तिमा केही कलाकारले लगाएको आरोपको नैतिक जिम्मेवारी लिँदै संस्था विघटन गरिएको उल्लेख छ।

यौन उत्पीडनको रिपोर्ट
मलयालम फिल्म उद्योगमा जस्टिस हेमा कमिटीको प्रतिवेदनपछि उद्योगका मानिसहरूले ठूलो मात्रामा यौन उत्पीडनको आरोप सामना गरिरहेका छन्।

यो प्रतिवेदनले स्थानीय चलचित्र क्षेत्रलाई हल्लाएको छ।

यसको कारण हो– अभिनेत्रीहरूका यौन दुर्व्यवहारका घटना सार्वजनिक हुनु, गुनासोको थुप्रो र जस्टिस हेमा कमिटीको प्रतिवेदन। यीमध्ये केही अभिनेत्री आफ्नो करिअर त्याग्नसमेत बाध्य भए।

चर्चित कलाकार र निर्देशकले आफूलाई यौन शोषण गरेको महिला कलाकारले बताएका छन्, जुन कुरा जस्टिस हेमा कमिटीको प्रतिवेदनबाट पनि पुष्टि हुन्छ। 

यो प्रतिवेदन सार्वजनिक गर्दा पीडक र पीडितको नाम भने हटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .