ad ad

खेल


आईसीसी अध्यक्षमा बीसीसीआई सचिव जय शाह निर्विरोध निर्वाचित

आईसीसी अध्यक्षमा बीसीसीआई सचिव जय शाह निर्विरोध निर्वाचित

जय शाह


नेपालखबर
भदौ ११, २०८१ मंगलबार २१:६, काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्वाचित भएका छन्।

उक्त पदमा शाह निर्विरोध निर्वाचित भएको बीबीसी हिन्दीले जनाएको छ। 

आईसीसी अध्यक्षका रूपमा जय शाहको कार्यकाल डिसेम्बर १, २०२४ देखि सुरु हुनेछ।

वर्तमान आईसीसी अध्यक्ष न्युजिल्यान्डका ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदै छ।

उनले यो पद लगातार दोस्रोपटक सम्हालेका हुन्। तर हालै उनले तेस्रो कार्यकालको दौडमा सहभागी नहुने बताएका थिए।

३५ वर्षीय जय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेको बीबीसी हिन्दीले दाबी गरेको छ। 

जय शाहले विज्ञप्तिमा भनेका छन्- म आईसीसी टोली र सदस्य राष्ट्रहरूका साथमा क्रिकेटलाई विश्वभर फैलाउन प्रतिबद्ध छु।

जय शाह आईसीसीको शीर्ष स्थानमा पुग्ने पाँचौँ भारतीय हुन्।

यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले यो पदमा काम गरिसकेका छन्।

जय शाह अक्टोबर २०१९ मा बीसीसीआईको सचिव बने। उनी २०२२ मा फेरि यो पदमा निर्वाचित भए। उनको कार्यकाल २०२५ सम्मको छ तर आईसीसीको जिम्मेवारी सम्हाल्नेबित्तिकै उनले यो पद छाड्नुपर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .