कला


‘सरफिरा’ पनि फ्लप भएपछि अक्षयुकमारले भने : असफलताले भोक अझ बढाउँछ

‘सरफिरा’ पनि फ्लप भएपछि अक्षयुकमारले भने : असफलताले भोक अझ बढाउँछ

नेपालखबर
साउन ९, २०८१ बुधबार १७:४०, काठमाडौँ

बलिउडका चर्चित अभिनेता अक्षय कुमार पछिल्लो पटक असफल भइरहेका छन्। गत वर्ष रिलिज भएका उनका लगभग सबै फिल्म फ्लप भए। योसँगै सन् २०२४ मा अहिलेसम्म दुईवटा फिल्म रिलिज भइसकेका छन्।

तर, दुवै ठूलो बजेटका फिल्म भए पनि सफलताको स्वाद चाख्न सकेको छैनन्।

अक्षय कुमार वर्षको सुरुमा ‘बडे मियाँ छोटे मियाँ’ देखिएका थिए। घोषणा भएदेखि नै चर्चामा रहेको यो फिल्म बक्स अफिसमा सफल हुन सकेन। उनी अभिनित हालै रिलिज भएको फिल्म ‘सरफिरा’ पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन।

यसैबीच, अक्षयकुमारले एक अन्तर्वार्तामा आफ्नो करियरमा लगातार १६ फ्लप फिल्मको बारेमा कुरा गरे। र असफलतालाई कसरी सामना गर्ने भन्ने बताए।

‘हरेक फिल्मको पछाडि धेरै रगत, पसिना र जोश हुन्छ। कुनै पनि फिल्म असफल भएको देख्दा मन दुख्छ। तर, सकारात्मक पक्षलाई पनि हेर्न सिक्नुपर्छ। हरेक असफलताले सफलताको मूल्य सिकाउँछ। तपाईंको भोक अझ बढाउँछ,’ उनले भने।

आफूले पहिल्यैदेखि असफलताको सामना गर्न सिकेको उनको भनाइ छ। भन्छन्, ‘भाग्यवश, मैले मेरो करियरमा पहिले नै यसको सामना गर्न सिकेको थिएँ। पक्कै पनि, यसले तपाईंलाई पीडा दिन्छ र असर गर्छ। तर, यसले फिल्मको भाग्य परिवर्तन गर्दैन। यो तपाईंको नियन्त्रणमा रहेको कुरा होइन। कडा परिश्रम गर्नु, सुधार गर्नु र तपाईको अर्को फिल्मको लागि सबै दिने मात्रै नियन्त्रणमा छ। यसरी म मेरो उर्जालाई च्यानल गर्छु र अर्को फिल्ममा जाने प्रयास गर्छु। मेरो उर्जालाई सबैभन्दा महत्त्वपूर्ण ठाउँमा केन्द्रित गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad