ad ad

कला


अनमोलले एउटै फिल्मको कमाइबापत सरकारलाई तिरे साढे ७ लाख कर

अनमोलले एउटै फिल्मको कमाइबापत सरकारलाई तिरे साढे ७ लाख कर

नेपालखबर
असार ३०, २०८१ आइतबार १२:१३, काठमाडौँ

अभिनेता अनमोल केसीले एउटै फिल्मको आम्दानीबापत सरकारलाई साढे ७ लाख रुपैयाँ कर तिरेका छन्।

उनले आर्थिक वर्ष २०८०/०८१ मा फिल्मबाट कमाएको कूल आम्दानीको १५ प्रतिशत रकम सरकारलाई कर बुझाएका हुन्।

अनमोलले यस आर्थिक वर्षमा रोहित अधिकारीको निर्माणमा बनेको ‘फर्की फर्की’ खेलेका थिए।

सोही फिल्ममा ५० लाख पारिश्रमिक बुझेबापत उनले सरकारलाई ७ लाख ५० हजार कर तिरेका हुन्। 

अनमोलले सरकारलाई कर तिरेको यसै फिल्मका निर्माता रोहित अधिकारीले जानकारी दिएका हुन्।

सरकारलाई कर तिरेसँगै निकै राम्रो काम गरेको भन्दै यतिखेर अनमोलको तारिफ भइरहेको छ। किनकि नेपाली फिल्म क्षेत्रमा पारिश्रमिकबापत कर तिर्ने चलन खासै छैन।

अनमोलसहित जसिता गुरुङको मुख्य भूमिका रहेको यो फिल्म गत जेठ १० गते रिलिज भएको थियो।

हलमा आक्रामक व्यापार गरेको यस फिल्मले विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ। हाल फिल्मकै प्रदर्शनका लागि अनमोल हङकङमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .