ad ad

कला


‘घरज्वाइँ’को सुखद् सुरुवात, शनिबार बम्पर व्यापार हुने अपेक्षा

‘घरज्वाइँ’को सुखद् सुरुवात, शनिबार बम्पर व्यापार हुने अपेक्षा

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८१ शनिबार १०:३०, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा सुखद् सुरुवात गरेको छ।

शुक्रबार बिहानी शोमा वर्षाले असर गरे पनि दिउँसो देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए।

सिनेमाका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट फेसबुकमा राख्दै दर्शकको राम्रो साथ मिलेको खुसी प्रकट गरेका छन्। साथै उनले दर्शकलाई धन्यवाद पनि दिएका छन्। 

शुक्रबार काठमाडौँ उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा विशेष गरी दाङ, बुटवल, नेपालगन्जलगायत ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले सिनेमाको शोमा बढाएका छन्। 

सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाएकाले शनिबारको व्यापार बम्पर हुने अपेक्षा निर्माण टिमले गरेको छ। निर्माता जनक घर्ती मगरले शुक्रबार बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप रहेको बताए।

उनले भनेका छन्- हामीले विभिन्न हलमा अनलाई टिकेटिङ साइट खोलेर हेर्दा अधिकांश शोमा दर्शकको चाप देखिन्थ्यो। जसले गर्दा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले रुचाएको प्रमाणित हुन्छ।

जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा सुसन प्रजापतिले खिचेका हुन्।

पूर्वी रुकुम आसपास छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .