ad ad

समाज


भक्तपुरमा बाढी–पहिरो पीडितको उद्धारमा सशस्त्र प्रहरी सक्रिय

भक्तपुरमा बाढी–पहिरो पीडितको उद्धारमा सशस्त्र प्रहरी सक्रिय

तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल, नेपाल


नेपालखबर
असार २६, २०८१ बुधबार १२:४४, भक्तपुर

लगातार वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढी, पहिरोले क्षती पुर्‍याएको छ। उक्त ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरको सुरक्षा फौज परिचालित भएर उद्धार कार्य गरिरहेको छ। 

असार २६ गते चागुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा मनोहरा खोलामा पानीको बहाव बढेर खोला नजिकैका घरमा क्षती पुर्‍याउन लागेपछिउक्त क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्धन निर्माण गरेको नं. २२ गण गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीले जानकारी दिए। 

त्यसैगरी चागुनारायण नगरपालिका–४ मा समेत मनोहरा खोलामा पानीको बहाव बढेर नजिकै रहेका बस्तीमा क्षती पुग्न लागेपछि सो क्षेत्र पनि सशस्त्र प्रहरी र स्थानीयले तटबन्धन निर्माण गरेका छन्। 

यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गएर अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको थियो। नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा त्यहाँ रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षती पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .