ad ad

कला


चलचित्र नेपाल चिनाउने प्रभावकारी माध्यम : सञ्चारमन्त्री

चलचित्र नेपाल चिनाउने प्रभावकारी माध्यम : सञ्चारमन्त्री

नेपालखबर
असार १७, २०८१ सोमबार ७:२९, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र नेपाललाई चिनाउने प्रभावकारी माध्यम भएको बताएकी छन्। 

चलचित्र विकास बोर्डको २४औँ वार्षिकोत्सव कार्यक्रमकाको उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्र आमसञ्चारको सशक्त माध्यम भएको बताइन्। 

‘हामीले पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्यदृश्यका माध्यमले सहजै बुझाउन सकिन्छ । देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर निर्माण भएका चलचित्रलाई हामीले सघाउने घोषणा पनि गरिसकेका छौँ । किनकि चलचित्र मनोरञ्जन मात्र नभई सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो,’ उनले भनिन्। 

विसं २०२६ मा तयार भई लागू भएको चलचित्र ऐनलाई परिमार्जन गर्नुपर्नेमा सरकार स्पष्ट रहेको भन्दै उनले त्यसका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्। 

‘पुरानो ऐनले अहिलेका कठिनाई सम्बोधन गर्न सक्दैनन् भन्नेबारेमा मन्त्रालय स्पष्ट छ तर त्यसैले सम्पूर्ण चलचित्रकर्मी र यसमा जोडिएका सङ्घसंस्थाको राय सुझाव लिँदै प्रक्रियागत रुपमा काम अगाडि बढाएका छौँ । त्यो अहिले अन्य मन्त्रालयसँग सहमति लिने प्रक्रियामा छ’, मन्त्री शर्माले भनिन्। उनले बोर्डले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा उपयुक्त नीति तय गर्नुपर्नेमा जोड दिइन्।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले चलचित्र जीवन, साहित्य र समाजको ऐना रहेको बताए। बोर्ड गठन हुँदा बनाइएका योजनामध्ये केही पूरा भएका र बाँकी पूरा गर्ने गरी आफूहरुले काम गरिरहेको उनको भनाई थियो। 

बोर्डको २४औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान, चलचित्र मञ्च २०८० लोकार्पण, बोर्डको नयाँ लोगो सार्वजनिक, महिला चलचित्रकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचनलगायतका कार्यक्रम भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .