ad ad

कला


वेब सिरिज ‘मिर्जापुर ३’ को प्रदर्शन मिति तय

वेब सिरिज ‘मिर्जापुर ३’ को प्रदर्शन मिति तय

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १५:९, काठमाडौँ

बहुप्रतिक्षित भारतीय वेब सिरिज ‘मिर्जापुर ३’ को बारेमा दर्शकहरूमा निकै क्रेज छ। यसैबीच ‘मिर्जापुर’ को तेस्रो सिजनको प्रदर्शन मिति तय भएको छ।

पंकज त्रिपाठी र अली फजल स्टारर यो सिरिज ५ जुलाई अमेजन प्राइममा स्ट्रिमिङ हुनेछ।

यस सिजनमा ‘मुन्ना भैया’ अर्थात् दिव्यन्दु शर्मा देखिने छैनन्। गएको सिजनमा उनलाई ‘गुड्डु पण्डित’ ले गोली हानेका थिए। तर कालेन भैया बाँचे।

‘मिर्जापुर’ को अध्यक्षको लडाई‌ यसपटक पनि जारी रहनेछ। ‘कालिन भैया’ कि ‘गुड्डु पण्डित’ बीचको यो लडाई‌मा कसले जित्ला त्यो हेर्न फिल्मनै हेर्नुपर्ने हुन्छ।

रिलिज मिति घोषणा भएसँगै फ्यानमा भने उत्साह देखिएको छ।

तर, त्यही समयमा मुन्ना भैयाको सम्झनाले पनि उनलाई निकै सताएको थियो। ‘मुन्ना भैया’ बिना शोमा रमाइलो नहुने भन्दै सोसल मिडिया प्रयोगकर्ताले लेखेका छन्।

मिर्जापुरको पहिलो सिजन १६ नोभेम्बर २०१८ मा अमेजन प्राइम भिडिओमा स्ट्रिमिङ गरिएको थियो। जसमा पंकज त्रिपाठी, अली फजल, कुलभूषण खरबन्द, दिव्यन्दु शर्मा, विक्रान्त मेसी, रसिका दुग्गल, श्वेता त्रिपाठी र विजय वर्मा मुख्य भूमिकामा देखिएका थिए।

दोस्रो सिजन २३ अक्टोबर २०२२ मा रिलिज भएको थियो। दुवै सिरिज निकै हिट भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .