हलिउड अभिनेता जोनी वाक्टरको गोली हानी हत्या गरिएको छ।
३७ वर्षीय वाक्टरमाथि शनिबार बिहान ३ः३० बजे लस एन्जलसमा आफ्ना सहकर्मीसँग साउथ होप स्ट्रिटमा हिँडिरहेका बेला गोली हानिएको थियो।
उनीमाथि गोली प्रहार गर्ने चोरहरूको समूह रहेको प्रहरीको प्रारम्भिक भनाइ छ।
मास्क लगाएका तीन चोरहरूले उनको कारबाट क्याटालिटिक कन्भर्टर चोर्न खोजिरहेका थिए। तिनैमध्ये एक जनाले गोली हानेपछि सबै त्यहाँबाट भागेको बताइएको छ।
अस्पताल लगिएपछि उनलाई मृत घोषित गरिएको थियोयो। उनले ‘जनरल हस्पिटल’, ‘साइबेरिया’ र ‘क्रिमिनल माइन्ड’जस्ता अभिनय गरेका थिए।
1.7k
Shares
प्रतिक्रिया