ad ad

कारोबार


नाफामा गोरखापत्र

नाफामा गोरखापत्र

नेपालखबर
जेठ १४, २०८१ सोमबार १६:४५, काठमाडौँ

अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला गोरखापत्र संस्थान लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्रालयको प्रतिवेदनले देखाएको छ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा गोरखापत्र संस्थान नाफामा रहेको देखिएको हो।

संस्थानको वार्षिक स्थिति समीक्षामा आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र संस्थान ६ करोड २४ लाख रुपैयाँ नाफामा देखिएको हो। अघिल्लो वर्ष संस्थानको नाफा अंक ५ करोड ४८ लाख रुपैयाँ थियो। संस्थान अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा एक करोड रुपैयाँ बढी नाफा कमाउन सफल भएको हो।

प्रतिस्पर्धी बजारमा व्यावसायिक गुणस्तर अभिवृद्धि गरेपछि संस्थानको आर्थिक अवस्थामा सुधार आएको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताए। संस्थानका प्रकाशनहरूको समाचार सामग्रीमा सुधार र बजार सुहाउँदो रणनीति अपनाउँदा नाफाको अवस्थामा पुगेको ऐरीको भनाइ छ।

‘संस्थानको बजारीकरण र पारदर्शिता एवम् कर्मचारीको सहयोगका कारण हाम्रो टिमले अवस्थामा सुधार ल्याउन सम्भव भएको हो,’ महाप्रबन्धक ऐरीले भने।

अघिल्लो वर्षको तुनलामा गएको आर्थिक वर्षमा १६ करोड विज्ञापन आम्दानीसमेत वृद्धि भएको संस्थानले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .