ad ad

कला


‘फेस अफ एलजिबिटिक्युआईप्लस’ को अडिसन खुला

‘फेस अफ एलजिबिटिक्युआईप्लस’ को अडिसन खुला

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:४३, काठमाडौँ

यौनिक तथा लैङ्गिक अल्पसख्यंक समुदायलाई लक्षित गरि सौन्दर्य प्रतियोगिता प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ हुने भएको छ। यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित यो प्रतियोगिता हुन लागेको हो।

राज्य मिडिया नेटवर्कको आयोजनामा हुने प्रतियोगिताका लागि वैशाख ११ गतेदेखी आवेदन समेत खुला भइसकेको छ। प्रतियोगितामा भाग लिन चाहनेले ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ को आधिकारिक फेसबुकपेजमार्फत आवेदन दिन सक्नेछन्।

आयोजकले प्रतियोगिताले लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्ने जनाएको छ। साथै प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ्ग क्षेत्रमा थप अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .