ad ad

कला


‘नेपहपको श्रीपेच’ दोस्रो संस्करणको घोषणा, बालेनको ठाउँमा महेश तामाङ दोङको इन्ट्री

‘नेपहपको श्रीपेच’ दोस्रो संस्करणको घोषणा, बालेनको ठाउँमा महेश तामाङ दोङको इन्ट्री

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार २२:३, काठमाडौँ

चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ दोस्रो संस्करणको औपचारिक घोषणा गरिएको छ। काठमान्डौंमा आयोजित एक कार्यक्रमकबीच शोको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुला गरिएको जानकारी गरिएको हो। 

डिजिटल र फिजिकल दुवै माध्यमबाट अडिसन लिइने यो प्रतिस्पर्धाको लागि दामी म्युजिक एपमार्फत नेपालीर्‍याप डटकमबाट आवेदन दिन सकिने भएको छ। साथै सहभागीले आफ्नो प्रस्तुतिको भिडिओ अपलोड गर्न सक्नेछन्।

यसको विजेताले १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन्। साथै उपबिजेताले नगद ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्।

नेपहपको श्रीपेचको पहिलो संस्करण २ वर्ष पहिले सम्पन्न भएको थियो। पहिलो सिजनको भाईबर साइमन विजेताका बन्दा सह-विजेता जेनिश क्षेत्री भएका थिए।

दामी मिडियाको प्रस्तुति रहेको नेपहपको श्रीपेचको कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन्। निर्देशकमा भने निकेश खड्का तय भएका छन्।

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेका थिए। यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ दोङ रहनेछन्। काठमान्डौका मेयर समेत रहेका बालेन भने केही एपिसोडमा सहभागी हुने कार्यक्रम निर्माता सुदिप पोख्रेलले बताए। कार्यक्रम असारको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .