ad ad

कारोबार


द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलियो

द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलियो

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १९:३०, काठमाडौँ

काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग छिचोलिएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको यो आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग आज (जेठ ११ गते) छिचोलिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रम रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थितिमा भएको थियो।

यसअघि जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो।

रक्षामन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरूको अवलोकन गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .