चर्चित गायिका मेलिना राई र गौरव गिरीले युगल गीत प्रेम कहानी सार्वजनिक गरेका छन्। ओएसआर डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।
कृष्ण धानुकको शब्दमा उनी आफैँले धुन भरेका छन् भने गीतको भिडियोमा अशोक केसी र बन्दना आचार्यले अभिनय गरेका छन्। भिडियो छायांकन उत्तम हुमागाई र सम्पादन प्रविण श्रेष्ठको छ। निर्देशन भने गौरव गिरीले नै गरेका छन्।
गायक गौरव र मेलिनाको गायकीको तालमेललाई युट्युबमा पनि रुचाइएको छ। सार्वजनिक भएको छोटो समयमै गीतको भिडियो एक लाखभन्दा बढी पटक हेरिएको छ।
भिडियो:
प्रतिक्रिया