भिक्टोरियन विमानस्थलमा उक्त दुर्घटना भएको गार्जेनले जनाएको छ।
भिक्टोरियाका प्रहरीले दुई विमान आपसमा ठोक्किएर विमान दुर्घटना भएको बताएका छन्।
सिभिल एभियसन सेफ्टी अथोरिटीका प्रवक्ताका अनुसार दुई इन्जिन भएको पाइपर पीए–४४–१८० सेमिनोल विमान र दुई इन्जिन भएको बिचक्राफ्ट डी९६ए विमान दुर्घटनामा परेका हुन्।
एक विमान मन्गालोर विमानस्थलबाट उडेको थियोभने अर्काे विमान मनिङ्टन पेनिनसुलरबाट उडेको थियो।
मन्गालोर विमानस्थलबाट प्राय सिकारु पाइलटलाई प्रशिक्षण दिइने गरेको जनाइएको छ। यस दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ।
Breaking: Several people are feared dead after two planes were involved in a crash at Mangalore, two hours north of Melbourne. https://t.co/KAwAjl6NGJ
— The Age (@theage) February 19, 2020
प्रतिक्रिया