गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ।
दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको संगीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ÷मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ।
बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ।
‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौँ सबैको माया पाउँनेमा हामी आशावादी छौ’, संगीतकार हरि लम्सालले भने।
हेरौँ भिडियो

प्रतिक्रिया