छापा खबर


यी हुन् रिमा विश्वकर्मा फिटनेसका ७ सूत्र

यी हुन् रिमा विश्वकर्मा फिटनेसका ७ सूत्र

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ५:३८,

पछिल्लो समय कमेडी च्याम्पियनकी प्रस्तोताका रूपमा चिनिएकी छिन् सञ्चारकर्मी, मोडेल तथा अभिनेत्री- रिमा विश्वकर्मा।

उनी शारीरिक रूपमा पनि फिट सेलेब्रिटी मानिन्छिन्। उनको फिटनेसको राज उनकै शब्दमा आजको नयाँ पत्रिकाले छापेको छ:

१‍.नियमित जिम
बिहान उठेर करिब दुई घन्टा जिम गर्छु। पहिले जुम्बा नृत्य गर्थेँ। त्यसलाई छाडेर जिम गर्न थालेँ। जिमले शरीरलाई फिट राख्न निकै सहयोग गर्छ।

२. फलफूल र तरकारी धेरै खान्छु
घरमै पकाएको खानेकुरा बढी खान्छु। चिल्लो बढी भएको र सोडा हालेको खाना खान्नँ। त्यसको साटो फलफूल, अन्डा र तरकारी बढी खान्छु।

३. पानी धेरै पिउँछु
पानीले शरीरमा ऊर्जा दिन्छ । प्रसस्त पानी पिउँदा रोग लाग्नबाट पनि बच्न सकिन्छ। म पनि पानी धेरै पिउँछु।

४. साँझ रोटी खान्छु
साँझ सधैँ रोटी, तरकारी र फलफूल खान्छु । बिहान मात्र भात खान्छु।

५. सकारात्मक सोच्छु
हरेक कुरालाई सकारात्मक दृष्टिबाट हेर्छु । दुःख र सुख जिन्दगीका दुई पाटा हुन् । यही कुरा हाम्रो दिमागलाई बुझाउनुपर्छ । मनमा उथलपुथल आउन नदिई सन्तुलनमा राख्नुपर्छ । त्यसपछि सकारात्मक सोचको विकास हुन्छ।

६. प्रेसर महसुस गर्दिनँ
हरेक कुरालाई सहजै लिन्छु । दुःखकै पलमा पनि राम्रो पक्षलाई केलाउने गर्छु। कामलाई कहिल्यै प्रेसरका रूपमा हेर्दिनँ । बरु काममा रमाउँछु।

७. कस्मेटिक कम प्रयोग
कस्मेटिक चिजमा विश्वास गर्दिनँ । सुटिङका वेला हेभी मेकअप गर्नुपर्छ । त्यसैले हरेक १५ दिनमा फेस क्लिनिङ गराउँछु। आफैँ पनि दिनहुँ फेस सफा गर्छु। क्रिम प्रयोग गर्दा अनुहारलाई फाइदा पुर्‍याउने प्रकारको मात्र छनोट गर्छु । खासगरी, प्राकृतिक उत्पादनका क्रिममा रुचि बढी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad