ad ad

कला


चौथो सातामा पनि ‘महाजात्रा’ को शोमा भरिभराउ दर्शक

चौथो सातामा पनि ‘महाजात्रा’ को शोमा भरिभराउ दर्शक

नेपालखबर
बैशाख २, २०८१ आइतबार १३:९, काठमाडौँ

वैशाख १ नेपाली फिल्मका लागि सुखद देखिएको छ। प्रदर्शन भइरहेका नेपाली फिल्म लगभग ‘हाउसफुल’ भए। प्रदीप भट्टराईको निर्देशित फिल्म ‘महाजात्रा’ मा दर्शक भरिभराउ देखिएको छ।

प्रदर्शनको चौथो सातामा पनि ‘महाजात्रा’ शोमा शत प्रतिशत अकुपेन्सी देखियो। वितरकका अनुसार शनिवार फिल्मको काठमाडौँ उपत्यकामा ६० र मोफसलमा ८० बढी शो थियो। ती शो ‘हाउसफुल’ थिए। विशेषत परिवार नै दर्शकको रुपमा हलमा आइरहेकाले दिवादेखिका शोहरूमा आईतबार पनि अकुपेन्सी बलियो देखिएको छ।

टिकट नपाएको भन्दै दर्शकहरू फर्किएका थिए। हलमा पुगेर टिकेट नपाएको विभिन्न सन्देशहरू सामाजिक सञ्जालमार्फत प्राप्त भएको निर्देशक भट्टराईले बताए।

‘नयाँ वर्षमा महाजात्रालाई उपलब्ध सम्पूर्ण शो हाउसफुल भयो। हाम्रो फिल्मलाई चौथो सातासम्म दिनुभएको मायालाई शब्दमा व्यक्त गर्न सक्दैनौँ। हामीले हाम्रो अघिल्ला सम्पूर्ण रेकर्ड तोडिसकेका छौँ। विशेषत हलमा आउनुभएको दर्शकलाई खुसी बनाएर फर्काउन पाएका छौँ, यो ठूलो सफलता हो,’ उनले भने।

यस फिल्मले तीन हप्तामा नेपालमा चौध करोड व्यापार गरिसकेको छ। यस्तै, फिल्मले तीन सातामा नेपालबाहिर नौ करोडको ग्रस कलेक्सन गरेको वितरण कम्पनि एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ।

उक्त कम्पनिका अनुसार शुक्रबार र शनिवार विदेशमा आयोजित सम्पूर्ण शो ‘शोल्ड आउट’ भएका छन्।

प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर वाङ्देल, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ।

बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यो फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिक्वेल हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .