प्रदीप शाहीको निर्देशनमा बन्ने साई-फाई जोम्बी थ्रिलर फिल्मको लाइनअप पूरा भएको छ। यस फिल्ममा प्रदीप खड्कासहित विजय लामा, बेनिशा हमाल, सुनिल थापा, एवनराज उप्रेती र कविता नेपाली मुख्य भूमिकामा देखिनेछन्।
नृत्य रियालिटी शो ‘बुगी उगी’ को नेपालीतर्फको पहिलो संस्करणकी विजेता कविताले यस फिल्मबाट डेब्यु गर्नेछिन्। पछिल्लो समय कविता म्युजिक भिडिओमा समेत काम गरिरहेकी छिन्। अभिनेत्री दिया पुन फिल्ममा विशेष भूमिकामा देखिनेछिन्।
फिल्मको कथा पनि शाहीले नै लेखेका हुन्। विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माताका रहेको फिल्मको अर्को साता नाम घोषणा गर्ने तयारी रहेको निर्माणटिमले जनाएको छ।
प्रदिपको यो साई-फाई जोम्बी थ्रिलर विधागत हिसाबको पहिलो नेपाली सिनेमा हो। नयाँ जनराको स्वादले दर्शक बटुल्ने अपेक्षा राखिएको छ। शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ।
निर्देशक प्रदिपले यसअघि गोर्खाज् विनिथ ब्रेभरी र अन्तिम संस्कार जस्ता फिल्महरु निर्देशन गरिसकेका छन्।
Shares
प्रतिक्रिया