कला


‘बडे मियाँ छोटे मियाँ’ दोस्रो गीतमा सोनाक्षी सिन्हाको इन्ट्री (भिडिओ)

‘बडे मियाँ छोटे मियाँ’ दोस्रो गीतमा सोनाक्षी सिन्हाको इन्ट्री (भिडिओ)

नेपालखबर
फागुन १६, २०८० बुधबार १६:५५, काठमाडौँ

अक्षय कुमार र टाइगर श्राफ स्टारर बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’ यतिबेला चर्चामा छ। हालै फिल्मको टाइटल गीत रिलिज गरिएको थियो।

यसैबीच, ‍फिल्मको दोस्रो गीत सार्वजनिक गरिएको छ। ‘मस्त मलंग झुम्’ बोलको गीतमा अक्षय र टाइगरको दमदार नृत्य देख्न सकिन्छ। साथै गीतमा अभिनेत्री सोनाक्षी सिन्हाको पनि इन्ट्री भएको छ।

यसअघि फिल्मको टिजर र गीत आएपनि सोनाक्षीको लुक रिभिल गरिएको थिएन। भिडिओमा सारी लगाएकी सोनाक्षी निकै आकर्षित देखिएकी छिन्।

अली अब्बास निर्देशित यो फिल्म एक्सन र कमेडी जनरामा बनाइएको छ। पूजा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वासु भगनानी र जैकी भगनानी हुन्।

फिल्ममा अक्षयकुमार र टाइगर पहिलोपटक एकसाथ देखिएका हुन्। यस फिल्ममा साउथ अभिनेता सुकुमारन खलनायक बनेका छन्।

यस फिल्ममा अक्षय कुमार, टाइगर, सुकुमारन र सोनाक्षी सिन्हासहित मानुषी छिल्लर र अलाया एफलगायतको अभिनय छ।

‘बडे मियाँ छोटे मियाँ’का धेरै स्टन्ट दृश्य हलिउड एक्सपर्टको टोलीसँग खिचिएका छन्। यो फिल्म इदको अवसरमा रिलिज हुनेछ।

सन् १९९५ मा यही नामको फिल्म बनेको थियो। जसमा अमिताभ बच्चन र गोविन्दा मुख्य भूमिकामा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .