राष्ट्रपति रामचन्द्र पौडेलले चर्चित गायन रियालिटी शो इन्डियन आइडलको उत्कृष्ट १० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।
राष्ट्रपति पौडेलले सोमबार शीतलनिवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन्।
पाैडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताए।
देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उनले उल्लेख गरे।
मेहनत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै पौडेलले मेनुकाको उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।
30
Shares
प्रतिक्रिया