कारोबार


‘लगानीकर्ताको मनोबल कमजोर हुँदा ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न सकेन’

‘लगानीकर्ताको मनोबल कमजोर हुँदा ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न सकेन’

अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
माघ २९, २०८० सोमबार १६:४५, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको बताएका छन्। 

बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। 

‘हिजो आर्थिक क्षेत्रमा शिथिलता आउदा नकारात्मक कुरा ट्रेडिङ भए। त्यसलाई सकारात्मक दिशा दिन केही समय लाग्छ। अहिले रेमिट्यान्स आप्रवाह बढेको छ’, उनले भने, ‘यस्तो अवस्थामा लगानी बढ्न सकेन भन्ने कुरा छ। अर्थतन्त्रको बारेमा नकारात्मक कुरा धेरै फैलिएको हुँदा त्यसलाई सकारात्मक दिशा दिन समय लाग्छ।’

लगानीको वातावरण नभएको भन्ने नकारात्मक भाष्यले लगानीकर्ता डराउने अवस्था बनेको उनले बताए। 

सकारात्मक भन्दा नकारात्मक कुरा फैलिँदा लगानीकर्ताको आत्माविश्वास कम भएको हो। पुराना लगानीकर्तालाई केही समस्या भए पनि नयाँ लगानीकर्ता आउनुपर्ने महतले बताए। 

लगानीकर्ताको मनोबल कमजोर हुँदा ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न नसकेको उनको भनाइ छ। 

‘निक्षेपको ब्याजदर घट्दै गइरहेको अवस्था छ। विस्तारै कर्जाको दर घट्दै जान्छ’, उनले भने, ‘कर्जा माग गर्दा त्यसको स्वीकृति हुन केही समय लाग्छ। त्यसलै विस्तारै कर्जा बढ्ने र सुधार हुँदै जानेछ।’

साथै, पुँजीगत खर्चको गति बढाउने उनले बताए। विस्तारै चालू खर्च बढ्ने र अर्थतन्त्र सकारात्मक हुने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad