गएको साता रिलिज भएको शाहिद कपुर अभिनित फिल्म ‘कबीर सिंह’ले बक्स अफिसमा तहल्का मच्याइरहेको छ।
भारतीय समिक्षकहरु खुलेरै शाहिदको तारिफ गरिरहेका छन्। यसै कारण फिल्म ५ दिनमा सय करोड कमाई गर्न सफल भएको थियो।
९ औँ दिनमा कमाईकै कारण फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ। फिल्मले ९ औँ दिनमा १७४ करोड कमाएको छ।
यससँगै फिल्म यस वर्ष बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको तेस्रो नम्बरमा प्रवेश गरेको छ। भारतीय मिडियाका अनुसार फिल्मको बजेट केवल ६० करोड मात्र थियो।
अहिलेसम्म फिल्मले सय करोडभन्दा धेरै फाइदा गरिसकेको छ। फिल्म प्रेम कहानीका आधारित छ। ‘कबीर सिंह’ले उरी (२४५ करोड) र भारत (२१० करोड)लाई जित्ने अनुमान गरिएको छ।
अहिले यसले यस वर्षको तेस्रो बढी कमाई गर्ने फिल्म ‘केशरी’लाई जितेको हो।
प्रतिक्रिया