ad ad

कला


फ्राइडे रिलिज : दयाहाङ भर्सेस दयाहाङ

फ्राइडे रिलिज : दयाहाङ भर्सेस दयाहाङ

नेपालखबर
माघ २६, २०८० शुक्रबार ८:५७, काठमाडौँ

आज शुक्रबार नेपाली सिनेमा हलमा दुई स्वदेशी र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। बलिउड फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ सहित नेपाली फिल्महरु ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज भएका छन्। 

नेपाली दुबै फिल्ममा अहिलेका चर्चित अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। जसकारण दयाहाङले बक्सअफिसमा आफ्नै फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’ मा दयाहाङ सहित सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, पुस्कर गुरुङको लगायतको अभिनय छ।

सामाजिक विषयवस्तुमा निर्माण भएको यस फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्।

त्यसैगरि ‘दयारानी’ कलाकार माओत्से गुरुङको डेब्यु निर्देशकिय फिल्म हो। यस फिल्ममा पनि दयाहाङसहित दिया पुन, विजय बराल, पुस्कर गुरुङ लगायतको अभिनय रहेको छ। यस फिल्मले निस्सन्तान दम्पतिको कथालाई प्रस्तुत गरेको छ। 

त्यसैगरि, बलिउड फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ पनि हलमा लागेको छ। यस फिल्ममा शाहिद कपुर र कृति सेनन मुख्य भूमिकामा छन्। रोमान्स कमेडी जनरामा बनेको यस फिल्ममा शाहिद र कृति पहिलोपटक एकसाथ देखिँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .