आर्टमाण्डुको पहिलो फिल्म ‘ऊनको स्विटर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा विपिन कार्की र मिरुना मगरलाई देख्न सकिन्छ।
फिल्मको थिम दर्शाउने पोस्टरमा विपिनले ऊनको स्वीटर लगाएका छन्। मिरुना पनि परम्परागत पहिरनमा देखिएकी छन्।
गत असारमा फिल्मको शीर्षक गीतसँगै निर्माणको घोषणा गरिएको थियो। यस फिल्मलाई नवीन चौहानले निर्देशन गर्नेछन्। आर्टमाण्डुबाट बन्ने म्युजिकल फिल्मको निर्देशन गर्दैँ आएका चौहानको यो डेब्यु फिल्म हो।
फिल्मको कथा पनि निर्देशक चौहानले नै लेखेका हुन्। यस फिल्ममा विपिन र मिरुनासहित परिक्षा लिम्बु, एलेक्स पारस लगायतको अभिनय रहनेछ।
फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन् । चिन्तनराज भण्डारीले यस फिल्मलाई खिच्नेछन्।
आर्टमाण्डुले निर्माण गरेका के माया लाग्छ र?, तीनपाने, घुमीघुमी, फूलथुङ्गे रानी, बटौली, चन्द्रमा, सुनाखरी लगायतका गीतहरु चर्चित छन्।
Shares

प्रतिक्रिया