कला


ओस्कारमा उत्कृष्ट फिल्मका लागि १९१७ र प्यारासाइटको भिडन्त

ओस्कारमा उत्कृष्ट फिल्मका लागि १९१७ र प्यारासाइटको भिडन्त

नेपालखबर
माघ २६, २०७६ आइतबार ८:४९,

नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक साम मेन्डेसनिर्देशित प्रथम विश्वयुद्धकालीन फिल्म १९१७ र दक्षिण कोरियाली निर्देशक बङ जुन होको प्यारासाइट उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा छन्।

मेन्डेस उत्कृष्ट निर्देशकका दाबेदार पनि मानिएका छन्। उनले सन् २००० मा अमेरिकन ब्युटी फिल्मका लागि पनि उत्कृष्ट निर्देशकको उपाधि हात पारिसकेका छन्।

‘सिंगल सट’ मा खिचिएको यो फिल्मको अधिकांशले प्रशंसा गरेपनि यसमा इतिहासको अनुपस्थिति रहेको भन्दै केहीले आलोचना गरेका छन्।

अर्कोतिर कोरियाली समाजमा विद्यमान वर्गभेद, बढ्दो आर्थिक असमानतामाथि बनेको प्यारासाइटले उत्कृष्ट फिल्मको उपाधि जित्ने पहिलो गैर अंग्रेजीभाषी फिल्म बनेर इतिहास रच्न सक्छ।

सबैजसो समीक्षकले यो फिल्मको एकस्वरमा प्रशंसा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad