कला


सौगात र दिया स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक (भिडियो)

सौगात र दिया स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक (भिडियो)

नेपालखबर
माघ २५, २०७६ शनिबार ९:६,

अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ। टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई नै मुख्य स्थान दिइएको छ।

गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर बनाइएको यो चलचित्र मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको छ। चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको जनाएको छ।

खिलबहादुर गुरुङले निर्देशनज गरेको चलचित्रले हिमाली प्रेम कथा बोल्छ। यस चलचित्रमार्फत सौगात र दियाले पहिलोपटक स्क्रिन सेयर गरेका छन्। चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ।

मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सह–निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ रहेका छन्।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायाँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ।

चलचित्र नयाँ वर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ।

हेरौँ टिजर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad